© २०२३
बुटवल, २७ माघ ।
प्यूठानका प्रतिनिधिसभा सदस्य सूर्य थापाले पहिलो महिनाको पारिश्रमिक प्यूठानको एक विद्यालयमा अक्षयकोष स्थापनाका लागि दिने घोषणा गरेका छन् । मल्लरानी गाउँपालिका २ चुँजामा रहेको अमर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि पारिश्रमिक दिने थापाले घोषणा गरेका हुन् ।
सोही विद्यालयको हालै सम्पन्न स्वर्ण महोत्सवमा प्रमुख अतिथी बनेर गएका थापाले कार्यक्रमस्थलमै पारिश्रमिक विद्यालयलाई दिने बताएका थिए । थापाले पार्टीलाई बुझाउने लेबी र कर कट्टीपछि बचेको पारिश्रमिक विद्यालयलाई उपलव्ध गराउने छन् । विद्यालयले उक्त रकमबाट आवश्यकता अनुसारको अक्षयकोष स्थापना गरेर सही रुपमा सदुपयोग गर्न थापाले सुझाव दिए ।
एकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा थापा पहिलोपटक जिल्लाबाट निर्वाचित भएका सांसद् ह्न । उनी नेकपा एमालेका पोलिटब्यूरो सदस्य र प्यूठान जिल्ला इन्चार्ज समेत हुन् । सांसद् निर्वाचित भएसँगै जिल्लामा हुने विभिन्न सार्वजनिक महत्वका कार्यक्रममा उनको सहभागिता बाक्लिदै गएको छ ।