ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको २४ औं स्थापना दिवस

२७ माघ २०७९, शुक्रबार
२७ माघ २०७९, शुक्रबार

तिलोत्तमा, २७ माघ ।

लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो लुम्बिनीले शुक्रबार आफ्नो २४ औं स्थापना दिवस मनाएको छ । रेडियो लुम्बिनीले वि.सं. २०५६ साल माघ २७ गते वसन्त पञ्चमी अर्थात माघ २७ गतेका दिन उपत्यका बाहिर पहिलो पटक आफ्नो आवाज तरंगित गरेको थियो । दक्षिण एसियामै सहकारी सस्थाद्वारा सन्चालित पहिलो सामुदायिक रेडियोको रुपमा रेडियो लुम्बिनीले आफ्नो प्रसारण सेवा सुरु गरेको थियो ।
सामाजिक रुपान्तरणमा निरन्तर क्रियाशिल रहेको रेडियो लुम्बिनीले शान्ति, समृद्धि र सामाजिक रुपान्तरंणलाई मूलमन्त्र बनाएर आवाज बिहिनहरुको आवाज बुलन्द गर्दै आएको छ । रेडियोले सूचना, सन्देश र मनोरञ्जन मार्फत विभिन्न भाषभाषी, क्षेत्र–वर्ग एवं समुदायमा पछाडि पारिएकालाई अगाडि ल्याउने तथा लुकेर रहेका प्रतिभाहरुको आवाज बुलन्द गर्दै आएको छ । यसैगरी समाजमा देखिएका बिकृति र विसंगति बिरुद्ध रेडियो लुम्बिनीले आफ्ना विभिन कार्यक्रम र समाचार मार्फत पैरवी समेत गर्दै आएको छ । रेडियोले सुशासन र पारदर्शीताका लागि आवाज उठाउँदै आम नागरिकको चासो र जनजिविकाको बिषयबस्तुलाई समेत सम्बोधन गर्दै आएको छ ।

लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले हाल आएर टेलिभिजन समेत संचालन गरेर सूचनाको पहँुच बढाउने कोशिस गरेको छ । स्थापना दिवसका अवसरमा शुभकामना दिदै संस्थाका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले, रेडियोसंगै तिलोत्तमा टेलिभिजन समेत संचालन गरेर सस्थाले सूचना, सन्देश र मनोरञ्जनका माध्यमबाट आफुलाई थप परिमार्जित गर्ने अभियानमा लागि परेकोे बताएका छन् । लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीको २४ औं स्थापना दिवसको अवसरमा शुभकामना दिंदै अध्यक्ष पाण्डेयले अब श्रब्यबाट संस्था दृश्यतपÞर्m लम्किएको प्रतिक्रिया दिए । यसैगरी रेडियो लुम्बिनीका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, सञ्चालक समिति सदस्य लगायत रेडियोसंग नजिक रहेर रेडियोलाइ माया गर्ने आमसमुदायले समेत रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजनलाई शुभकामना दिएका छन् ।

यसैबीच शुक्रबारै रेडियोको आफ्नै सभाहलमा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजनको २४ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । अग्रज एवं रेडियो लुम्बिनीका सल्लाहकार, सस्थापक–अध्यक्ष, पूर्व–अध्यक्ष, संचालक समिति सदस्य लगायतको उपस्थितिमा खुल्ला छलफल गरेर बार्सिकोत्सव कार्यक्रम मनाइएको हो । संस्थाका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयको अध्यक्षता एवं सस्थापक–अध्यक्ष तथा संस्थाका प्रेस सल्लाहकार अर्जुन ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले, रेडियो तथा टेलिभिजन स्थापनाका क्रममा भएका दुःख–सुख एवं कठिनाई, अवसर र चुनौती तथा भावी योजनाका बिषयमा आ–आफ्नो अनुभब साटासाट गरेका थिए ।

कार्यक्रममा सस्थाका पूर्व अध्यक्ष एवं बित्तिय सल्लाहकार कृष्ण प्रसाद अर्याल, पूर्व अध्यक्ष एवं कानुनी सल्लाहकार लक्ष्मण ज्ञवाली, निवर्तमान अध्यक्ष एवं इन्जिनियर दुजेन्द्र बस्नेत, संस्थाका उपाध्यक्ष अर्जुनराज उपाध्याय, कोषाध्यक्ष बिष्णु प्रसाद पाण्डे, संचालक समिति सदस्यहरु देवी वाग्ले, इन्द्र बहादुर सुनार, राम बहादुर बस्नेत, राम प्रसाद ढकाल, शारदा अर्जेल, श्याम बश्याल, उमेश चन्द्र आचार्य, यसैगरी लेखा समिति सदस्यहरु लेखनाथ पाण्डे, तुलसीराम कंडेल, रेडियो एवं टेलिभिजनका कर्मचारी र प्राविधिक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजनका उपाध्यक्ष अर्जुनराज उपाध्याय, स्टेशन म्यानेजर मिनाक्षी न्यौपानेलगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?