Butwal Today

प्रवासी नेपाली मञ्च कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुँदै

२१ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

दोहा (कतार) ।

कतारमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च, कतारको आयोजना तथा नेपाली रक्तदाता संघ, कतारको समन्वयमा आगामी शुक्रबार बृहत रक्तदान कार्यक्रम हुने भएको हो ।

‘रक्तदान, जीवन दान’ भन्ने पवित्र भावनालाई आत्मसात गर्दै बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको मञ्चका अध्यक्ष अफ्सर अलि खानले बताए । उनले सामूहिक रूपम आयोजना गरिने यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताए । उनले एउटै संस्थाको सट्टा विभिन्न संस्थाहरूको संयुक्त सहकार्यमा कार्यक्रम गर्दा प्रभावकारीता बढ्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूमा सहकार्यका साथ जुटन सबैलाई आग्रह समेत गरेका छन् ।

मानवीय तथा परोपकारी उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा कतारमा क्रियाशील विभिन्न सामाजिक संघ,संस्था तथा सम्पूर्ण नेपाली समुदायलाई सहभागी भई रक्तदान गरिदिन आयोजक तथा सहयोगी संस्थाहरुले समेत आग्रह गरेका छन् ।

आयोजकका अनुसार कतारको अलसाद स्थित हमद हस्पिटलको कतार नेशनल ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजे देखी मध्यान्ह १२ बजे सम्म रक्तदान सञ्चालन हुने कार्य तालिका सहित सहजताका लागि आवश्यक सबै तयारी पूरा गरिरहेको जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?