Butwal Today

एमालेको प्रश्न – ‘बालेन सरकार कस्तो ?’ रास्वपाको जवाफ– ‘सबैलाई सुन्ने र थुन्ने सरकार हो’

१५ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

काठमान्डौँ ।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार कस्तो सरकार हो भन्ने विषयमा प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच सवालजवाफ भएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले संसद्मा बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले सरकार संवैधानिक सरकारजस्तो देखिए पनि व्यवहारमा निर्दलीय सरकारजस्तो देखिएको टिप्पणी गरे ।

उनले आफ्नै दलको बैठकमा प्रधानमन्त्री सहभागी नहुने र सर्वदलीय बैठकमा पनि नजाने भन्दै सरकार एकदलीय सरकारजस्तो देखिएको बताए ।

त्यसैगरी, भूमिगत गिरोहबाट चल्ने पञ्चायती सरकारजस्तो र राष्ट्रपतिलाई नजरअन्दाज गर्ने ‘श्री ३ महाराज’ जस्तो देखिएको टिप्पणी गर्दै उनले प्रश्न गरे, ‘खासमा बालेन सरकार कस्तो सरकार हो ?’

एमाले सांसद पोखरेलको प्रश्नको केहीबेरपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद सन्तोष राजवंशीले जवाफ दिएका थिए ।

उनले २१ फागुन २०८२ को निर्वाचन एउटा शृङ्खलादेखि अर्को शृङ्खलामा जाने नियमित निर्वाचन नभएको बताए । नेपाली राजनीतिमा क्रमभंग गर्दै नयाँ सरकार गठन भएको उनको भनाइ थियो ।

जनताको जनमतबाट अनुमोदित र प्रतिनिधिसभाका सांसदको बहुमत प्राप्त सरकार भएकाले त्यसलाई सोहीअनुसार बुझ्न उनले आग्रह गरे ।

‘बालेन सरकार कस्तो हो रु भनेर सोधिरहनुहुने माननीयज्यूलाई भन्न चाहन्छु— यो भ्रष्टाचार न्यूनीकरण गर्ने सरकार हो । देशलाई कमजोर पार्ने जुनसुकै संयन्त्र होस्, चाहे त्यो न्यायालय होस्, कर्मचारी संयन्त्र होस् वा राजनीतिक संयन्त्र । सबैलाई सुन्ने र थुन्ने सरकार हो,’ सांसद राजवंशीले भने ।

आफूहरू कसैका लागि विगतको नियमित प्रक्रियाअनुसार चल्ने सरकार नभएको बताउँदै उनले विगतमा भ्रष्टाचारमा संलग्न भएकाहरूमाथि सरकारले कारबाही अघि बढाउने पनि दोहोर्‍याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?