Butwal Today

अर्घाखाँचीको भूमिकास्थानमा खुला क्रिकेट प्रतियोगिता हुँदै

१५ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

अर्घाखाँची । 

भूमिकास्थान नगरपालिका–१० का युवाहरूको आयोजनामा भव्य खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । युवा प्रतिभाको विकास, आपसी एकता, खेल संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता यही कार्तिक ११ गतेदेखि भूमिकास्थान नगरपालिका–१० स्थित आरिचोर क्रिकेट मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले रु। १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेताले रु। ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट, वेस्ट ब्याट्सम्यान र वेस्ट बलर लगायत व्यक्तिगत विधामा पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितामार्फत युवाहरूलाई खेलकुदमा जोड्दै स्थानीय स्तरमा क्रिकेटको विकास तथा खेल पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । आयोजकले प्रतियोगितालाई सफल बनाउन स्थानीयवासी, खेल प्रेमी तथा सम्बन्धित सबैलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?