Butwal Today

पहिरोले घर पुरिँदा एकको मृत्यु

१० आश्विन २०८३, शनिबार
अ
अ+
अ-

बागलुङ ।

बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा परी मृत्यु भएको छ । गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका(५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।

घरमा आशिंक क्षति पुगेको जनाउँदै रोका सुत्नेकोठामा रहेकाले पहिरोले पुरेको प्रहरी उपरीक्षक प्रसाईंले बताए । अहिले स्थानीयको सहायतामा पहिरोबाट शव निकाल्ने काम भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?