ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

संसद भवन अगाडि आत्मदाह गरेका आचार्यको परिवारलाई ५० लाखको बिमा दाबी भुक्तानी

२५ माघ २०७९, बुधबार
२५ माघ २०७९, बुधबार

काठमाडौं ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संघिय संसद भवन अगाडी माघ १० गते आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको परिवारलाई ५० लाख १२ हजार १९४ रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले हिजो माघ २४ गते एक कार्यक्रम आयोजना गर्दै सूर्योदय नगरपालिका इलामको मेयर, उपमेयर, वडा अध्यक्ष तथा कम्पनीको तर्फबाट प्रदेश नम्बर एकका प्रमुख तुलसीनाथ पौड्याल तथा इलाम शाखा प्रमुखको रोहबरमा मृतक आचार्यको श्रीमती नानुका अधिकारीलाई दाबी बापतको रकमको चेक हस्तान्तरण गरेको हो ।

आचार्यले २०७७ मंसिर २ गते कम्पनी मार्फत ५० लाख रुपैयाँको धनञ्जय बीमा पोलिसी खरिद गरेका थिए । उनले कम्पनीलाई दुई किस्ता मार्फत ६ लाख ९३ हजार ६ सय रुपैयाँ बीमा शुल्क बुझाएका थिए । धनफिर्ता ‘मनि व्याक’ बीमा पोलिसी भएकाले आचार्यले यस अगाडी प्राप्त गरेको दाबी रकमलाई कट्टा गरी उक्त रकम दिएको हो ।

संघिय संसदभवन अगाडी आत्मदाह गर्नु अगाडी उनले सामाजिक सञ्जाल फेसबुकमा आत्मदाह गर्नुको कारण सार्वजनिक गरेका थिए । फेसबुकमा आफ्नो असफलता र असफलका कारण सहित लेखेको उक्त विवरणले उनि मृत्यु पर्यन्त चर्चामा आए । सोहि विवरणमा सन नेपाल लाइफका अभिकर्ता तथा कर्मचारीले बीमा पोलिसी खरिद गर्दा ४/५ लाख रुपैयाँ खाइदिएको भन्दै लेखेका थिए ।

यद्दपी आचार्य स्वयंले भने आत्मदाह गर्नु भन्दा केहि दिन अगाडी सन नेपाल लाइफको शाखा कार्यालयमा आत्म हत्या गर्दा मृत्यु दाबी पाइन्छ कि पाइदैन भनेर जानकारी लिएका थिए । यदि कसैले बीमा पोलिसी खरिद गरेको दुई वर्ष भित्र आत्महत्या गर्यो भने मृत्यु दाबी नपाउने कानुनी व्यवस्था छ । अर्को तर्फ आत्महत्याको हकमा दुई वर्षमा दुई किस्ता बापतको बीमा शुल्क भुक्तानी गर्नु पर्छ । आचार्यले दुई किस्ताको दाबी भुक्तानी गरे पनि तेस्रो वर्षको भने गरेका थिएनन् ।

प्रचलित नियम अनुसार मृत्यु दाबी भुक्तानी गर्न मिल्ने अवस्था आए पछि सन नेपाल लाइफले मृतकको श्रीमति नानु अधिकारीलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । ६० लाख भन्दा माथि कर्जा रहेको र मानसिक तनावमा रहेका आचार्यको परिवारले १४ दिन मै मृत्यु दाबी रकम प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?