Butwal Today

तिनाउ र दानव तटीय क्षेत्रलाई जोखिमयुक्त क्षेत्र घोषणा 

८ आश्विन २०८३, बिहीबार
अ+
अ-

बुटवल ।
रुपन्देहीमा तिनाउ र दानव तटीय क्षेत्रलाई जोखिमयुक्त क्षेत्र घोषणा गरिएको छ ।  रुपन्देही जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले  तिनाउ, दानव र रोहिणी नदी तटीय क्षेत्रलाई जोखिमयुक्त किटान गरेको हो । सम्भावित जोखिम घटाउन यहाँ खोज, उद्धार, राहत र पुनर्स्थापनाको योजना अघि बढाएको छ ।

जिल्ला प्रशासनले रुपन्देही र पाल्पाको  सिमानामा सिद्धबाबाबाट दक्षिणमा रहेका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, मायादेवी गाउपालिकादेखि दक्षिण तिनाउ दायाँबायाँ क्षेत्र, तिनाउ नदी करिडोर, दानव नदी करिडोर एवं छेउमा रहेको शुद्धोधन, गैडहवा, मायादेवी गाउँपालिकासम्म जोखिमयुक्त क्षेत्र मानिएको छ ।

असोज १२ गतेसम्म  रोहिणी तटीय क्षेत्र ,सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, देवदह र सैनामैना नगरपालिकाका  खोला र नदी आसपास डुबान र कटान हुन सक्ने भन्दै जिल्ला प्रशाशन कार्यालयले सचेत रहन आग्रह गरेको छ ।

यस्तै बुटवल उपमहानगरसहित जिल्ला भित्रका विभिन्न स्थानीय तहहरुले पनि आवश्यक सतर्कता अपनाउन अपिल गरेका छन् ।

बुटवल उपमहानगरपालिका मा बिपद समितिको बैठक बसी बिपद्  पुर्व अनुमान का बारेमा छलफल गरेको छ । तिनाउ नदि किनार र दानव नदि किनारमा रहेका हरु र ज्योतिनगर, मिलनटोल, लक्ष्मी नगर तथा पाखापानि क्षेत्रमा  पहिरो बाट जोखिम हुनसक्ने भएको हुँदा सतर्क अपनाउन  अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?