ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ

२४ माघ २०७९, मंगलवार
२४ माघ २०७९, मंगलवार

काठमाडौं ।

नेपाल टी–ट्वान्टी क्रिकेट लिगको स्पट फिक्सिङमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले थप एकजनालाई पक्राउ गरेको छ । पर्साको वीरगन्ज घर भएका नितेश गुप्तालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) कमल थापाले बताए ।१८ वर्षीय नितेश बीरगञ्जमा नितेश शाह भनेर चिनिन्छन् । ब्युरोले यसअघि माघ ९ मा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुव आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेको थियो ।

स्पट फिक्सिङमा नितेश गुप्ता बिचौलियाको भूमिकामा देखिएका छन् । नितेशले राष्ट्रिय टिमका एकजना खेलडीलाई फिक्सिङ खेल्न आग्रह गरेका थिए । तर, ती खेलाडीले सो प्रस्ताव अस्वीकार गरेर एन्टी करप्सन युनिटलाई जानकारी समेत गराएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले  बताए ।

नितेश क्रिकेट प्रेमी हुन् । १२ कक्षासम्म अध्ययन गरेका उनले स्थानीय स्तरमा क्रिकेट खेल्ने गरेको प्रहरीलाई बताएका छन् । सिआईबीका एसपी कमल थापा भन्छन्–‘फिक्सिङमा नितेशको भूमिका मतियारको रुपमा देखिएको छ ।’

स्पट फिक्सिङको प्रस्ताव ३ जना खेलाडीले अस्वीकार गरेका छन् । तिनजना क्रिकेटरले त्यस्तो अफर गर्नेलाई मेसेज र फोन ‘नो’ मात्रै भनेनन्, उनीहरूलाई ब्लक गरेर एन्टी करप्सन युनिटलाई जानकारी गराएका थिए ।

नेपाल टी–ट्वान्टी क्रिकेट लिगमाा भएको स्पट फिक्सिङमा संलग्न आरोपमा मेहबुव र आदिल अन्सारी १५ दिनदेखी ब्यूरोको हिरासतमा छन् । ब्युरोका डिएसपी सुन्दर तिवारी सहित ५ जनाको टिमले फिक्सिङबारे छानबिन गरेका थिए ।

छानबिन समितिले पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलमसहित दुईवटा टिमले ‘स्पट फिक्सिङ’ गराएको प्रतिवेदन बुझाएका छन् । स्पट फिक्सिङमा १० जना संलग्न देखिएका छन् । तीमध्ये ७ जना अझै पक्राउ परेका छैनन् ।

ब्युरोले फिक्सिङमा संलग्नहरु विरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ को दफा ३१ अनुसार मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । सो ऐन अनुसार फिक्सिङ पुष्टि भएमा खेलाडीलाई ३ वर्ष कैद र ५० हजार जरिवाना हुने व्यवस्था छ । फिक्सिङ खेल्न अफर गर्नेलाई पनि खेल्ने सरह नै सजाय हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?