Butwal Today

नेपाली कांग्रेस गुल्मी जिल्ला संयोजकमा वेदबहादुर थापा मगर मनोनित

७ आश्विन २०८३, बुधबार
अ+
अ-

गुल्मी ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले वेदबहादुर थापा मगरलाई गुल्मी जिल्ला संयोजकमा मनोनयन गरेको छ ।

महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले भदौ २५ गते जारी गरेको पत्रमार्फत थापा मगरलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो ।

पत्रमा नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्न पार्टीका विभिन्न तहका अधिवेशन तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन लगायतका कार्यक्रम अघि बढिरहेको उल्लेख छ । महाधिवेशन तयारीका क्रममा जिल्ला तहमा आवश्यक समन्वय तथा संगठनात्मक कामलाई प्रभावकारी बनाउन जिल्ला संयोजकको जिम्मेवारी दिइएको पत्रमा जनाइएको छ ।

तयारी समितिले राष्ट्रियता, सार्वभौमिकता, नागरिक स्वतन्त्रता, लोकतन्त्र, सामाजिक न्याय तथा संवैधानिक शासनको स्थापनाका लागि नेपाली कांग्रेसले निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा पार्टीलाई थप सुदृढ र सक्रिय बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।

पत्रमा १५औँ केन्द्रीय महाधिवेशन तयारीका लागि वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा जिल्ला तहका अधिवेशनहरू सम्पन्न गर्ने कार्यतालिकाअनुसार अघि बढ्न जिल्ला संयोजकको भूमिका महत्वपूर्ण हुने जनाइएको छ ।

संयोजकमा मनोनित थापा मगरलाई गुल्मी जिल्लामा नेपाली कांग्रेसको संगठन सुदृढीकरण, अधिवेशनसम्बन्धी समन्वय तथा आवश्यक तयारीमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?