Butwal Today

खोलाले बगाउँदा एकको मृत्यु, एक अझै बेपत्ता

४ आश्विन २०८३, आइतबार
अ+
अ-

रोल्पा ।

रोल्पामा माछा मार्ने क्रममा खाईरा खोलाले बगाएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन् ।

रोल्पा नगरपालिका–२ का करिब ३० वर्षीय रमेश नेपालीको शव रोल्पा नगरपालिका–६ स्थित खाईरा खोलाको टापु क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सोही घटनामा ४२ वर्षीय शेरबहादुर घर्ती मगर बेपत्ता छन् ।

असोज १ गते माछा मार्ने क्रममा दुवै जनालाई खोलाले बगाएको प्रहरीले जनाएको छ । नेपालीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाइएको छ भने घर्ती मगरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?