© 2026
कपिलवस्तु । बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फसेका दुई बालकमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने अर्का एक बालक अझै फेला पर्न सकेका छैनन् । बाणगङ्गा नदीमा पौडी खेल्न गएका बाणगङ्गा नगरपालिका–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा नदीको बहाव बढेपछि बीचको टापुमा फसेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञबहादुर पुनको कमान्डमा उद्धार सामग्रीसहित १४ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सिंहका अनुसार १६ वर्षीय रिदम लामालाई सकुशल उद्धार गरिएको छ ।
दश वर्षीय बुद्ध लामा भने उद्धार टोली घटनास्थलमा पुग्दा फेला नपरेपछि उनको खोजी तथा उद्धारकार्य जारी रहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।