© 2026
बागलुङ। नियमित गस्तीमा खटिएको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५, दागस्थित थानापति सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार शुक्रबार अपराह्न गस्तीमा रहेको प्रहरी टोलीले उक्त जङ्गलबाट एकनाले तीन थान भरुवा बन्दुक फेला पारेको हो ।
यसैगरी, बुर्तिबाङमा लागुऔषध बिक्री भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले ढोरपाटन नगरपालिका–१, बुर्तिबाङ रिभरहेडस्थित मीना होटल एण्ड रेष्टुरेन्टमा छापा मारेको छ ।
छापा मार्ने क्रममा प्रहरीले होटल सञ्चालक म्याग्दीको धौलागिरि गाउँपालिका–२, लुलाङकी रामकुमारी थापालाई पक्राउ गरेको सूचना अधिकारी त्वातीले जानकारी दिनुभयो ।
प्रहरीले होटलबाट एक हजार पाँच सय ग्राम गाँजा र ३८० ग्राम चरेस बरामद गरेको जनाएको छ । पक्राउ परेकी थापालाई जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।