© 2026
काठमाडौँ । विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ । रसुवा भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ ।
काठमाडौँ महानगरपालिका (कामपाका) कार्यवाहक प्रमुख सुनिता डङ्गोललले वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ, उनीहरूसँग आत्मीय व्यवहार गरी पढाउन शिक्षासँग आग्रह गरिन ।
नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि, शिक्षा विभागका अधिकारी विद्यालय पुगेका थिए ।
उक्त विद्यालयमा पढ्ने विद्यार्थीमध्ये केहीका बुबाआमा छैनन् । केहीका बुवा आमामध्ये एक जना छैनन् । कसैका दुवै छैनन्। विद्यार्थीका लागि कोसिस नेपालले झोला र पोसाकको व्यवस्थाका साथै मनोसामाजिक परामर्श प्रदान गरेको छ । आश्रयस्थलबाट विद्यालयसम्म ल्याउन र पु¥याउन र एलआरआइ स्कुलले सवारीसाधन उपलब्ध गराएको छ ।
विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठले गहिरो चिन्तामा परेका विद्यार्थीलाई बल गराएर आउनै पर्छ, भन्ने होइन । परामर्शबाट बिस्तारै सामान्य अवस्थामा ल्याउने प्रयास भइरहेको जानकारी दिए।