© 2026
बर्दघाट । मलेशियामा जारी एसीसी पुरुष प्रिमियर कपको सेमीफाइनलमा नेपालले ओमन विरुद्धको खेलमा कमजोर ब्याटिङ्ग प्रर्दशन गरेको छ ।
टस हारी ब्याटिङ्गको निम्तो पाएको नेपाल ४५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ४७ रनमा समेटियो । नेपालको लागि दिपेन्द्र सिँह ऐरीले ५१ रनको अर्धसतकिय पारी र बसिर अहमदले ४७ रन बाहेक अन्यको प्रर्दशन निकै फितलो रह्यो । ऐरी र अहमदले पाँचौ विकेटको लागि ९३ रनको साझेदारी गरे । ओपनर ब्याटर देव खनालले १३ र आसिफ शेखले ११ बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अँक जोड्न सकेनन् ।
नेपाललाई सस्तैमा धराशायी बनाउन ओमनका जय भिरम र हसिनैन शाहले समान ३–३ विकेट लिए । मोहम्मद इमरानले २ विकेट लिँदा मुजिबुर अलि र सकिल अहमदले समान १–१ विकेट लिए ।