© २०२३
बुटवल ।
स्याङजा कारिकोट (चण्डिभन्ज्याङ)–रुपन्देही सम्पर्क समाजको सम्पन्न प्रथम बैठकले विभिन्न समिति गठन गरेको छ । बैठकले १३ सदस्यीय सचिवालय सदस्य समेत गठन गरेको छ ।
कारिकोट घर भई हाल विभिन्न पेशा–व्यवसायका क्रममा रुपन्देहीका विभिन्न ठाउँमा स्थायी तथा अस्थायी रुपमा बस्दै आएकाहरु मिलेर सम्पर्क समाज गठन गरिएको हो ।
सम्पर्क समाजले विभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन गर्ने योजना अनुसार तत्काल सम्पन्न गर्नुपर्ने विभिन्न क्रियाकलापका लागि उप समिति चयन गरेको हो । जस अन्तर्गत संस्थाको विधान निर्माण तथा सहकारी सञ्चालनका लागि समाजसेवी एवं सल्लाहकार रुद्र प्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको छ ।
यसैगरी वर्ष २०८० को क्यालेन्डर निर्माणको लागि संस्थाका कोषाध्यक्ष यदुनाथ पाण्डेयको संयाजकत्वमा समिति गठन गरिएको समाजका अध्यक्ष शालिकराम पाण्डेयले जानकारी दिए । यसैगरी वन भोज कार्यक्रम सम्पन्न गर्न भवानी सोमैको नेतृत्वमा समिति गठन गरिएको पाण्डेयले बताए । सम्पर्क समाजमा हाल साढे दुई सय बढी सदस्य आवद्ध रहेको र अन्य सदस्यहरु समेत थप हुने क्रम जारी रहेको संस्थाले जनाएको छ ।