© 2026
गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा चट्याङ लागेर एक बालक घाइते भएका छन् । मालीका गाउँपालिका–५ हिलेका १६ वर्षीय रोशन कार्की चट्याङ्का कारण घाइते भएका हुन् ।
मंगलबार अपराह्न ४ बजेको समयमा आफ्नै घरको दलानमा बसेर चिया पिउँदै गरेका अवस्थामा कार्कीलाई चट्याङ लागेको थियो ।
चट्याङ लागेपछि उनी अचानक भुईँमा लडेका थिए । घाइते कार्कीलाई तत्काल उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइपुराईएकोे थियो । उनको शरीरको भित्री भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् ।
उनको गुल्मी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि गए राती लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।