© 2026
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार तोलामा १ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ४ हजार ७ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।