© 2026
नवलपरासी । सुस्ता गाउँपालिका–३ पथरकलास्थित सीमा क्षेत्रमा भारततर्फ अवैध रूपमा भन्सार छली लैजानका लागि बेवारिसे अवस्थामा राखिएका ८ सय १ थान शालिग्राम प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार नेपालबाट भारततर्फ अवैध रूपमा भन्सार छली लैजानका लागि लुकाएर राखिएको अवस्थामा शालिग्राम बरामद गरिएको हो ।
प्रहरी चौकी कुडियाबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा राखिएका शालिग्राम बरामद गरेको जनाएको छ । बरामद शालिग्रामको अनुमानित मूल्य ३ लाख २० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
बरामद शालिग्राम आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिए ।