Butwal Today

हायात चम्कँदा हङकङले नेपालसामु राख्यो २६१ रनको लक्ष्य

२३ भाद्र २०८३, मंगलवार
अ+
अ-

बर्दघाट । मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कपमा हङकङले नेपाललाई २ सय ६१ रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा हङकङले ७ विकेटको क्षतिमा २ सय ६० रन बनाउँदै नेपालसामु बलियो लक्ष्य प्रस्तुत गरेको हो ।

बेयुमास ओभल, मलेसियामा टस जितेर ब्याटिङ रोजेको हङकङले बाबर हायातको उत्कृष्ट शतकको मद्दतमा बलियो योगफल खडा गरेको हो । हायातले ७ चौका र ७ छक्काको मद्दतमा १ सय १७ रनको अविजित पारी खेले ।

हङकङका लागि पुछारतिर ब्याटिङ गर्न आएका इशान खानले ३५ रनको अविजित पारी खेल्दै हायातलाई राम्रो साथ दिए । हायात र इशानले १ सय १५ बलमा १ सय २८ रनको अविजित साझेदारी गरे । त्यसअघि सहिद वासिफले ४५ रन बनाए । हङकङका अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् ।

हङकङका ब्याटरलाई रोक्न नेपाली बलरहरू भने असफल देखिए । किफायती बलिङ गरेका शेर मल्लले १० ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए । सन्दीप लामिछानेले ४ विकेट लिए पनि हङकङविरुद्ध रन रोक्न सकेनन् । उनले १० ओभरमा ४४ रन खर्चिए ।

करण केसी नेपाली टोलीका सबैभन्दा महँगा बलर बने । उनले ७ ओभरमा कुनै विकेट लिन नसकी ६२ रन खर्चिए । ललित राजवंशीले १० ओभरमा ४७ रन तथा दीपेन्द्रसिंह ऐरीले १० ओभरमा ३६ रन दिए । गुलशन झाले ३ ओभरमा ४० रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?