Butwal Today

बाढीपीडितका लागि अक्सफोर्ड स्कुलले जुटायो ३२ हजार

२१ भाद्र २०८३, आइतबार
अ+
अ-

चन्द्रौटा । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहतका लागि एक  निजी विद्यालय राहत सङ्कलन  गरेको छ ।

जिल्लाको शिवराज नगरपालिका–३, खरेन्द्रपुरस्थित अक्सफोर्ड इंग्लिश बोर्डिङ स्कूलका विद्यार्थी तथा कर्मचारीले सङ्कलन गरेको रु। ३२ हजार ४ सय १५ सहयोग गरेका छन् ।

गत भदौ १० गते बुधबार आएको विनाशकारी बाढीबाट प्रभावितका लागि सो विद्यालयमा अध्ययनरत छात्रछात्रा तथा कर्मचारीबाट उक्त रकम सङ्कलन गरिएको स्कूलका प्रधानाध्यापक दिनेश भट्टराईले बताए । उनका अनुसार सङ्कलित रकम बाढीपीडितको राहत तथा पुनः स्थापनामा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।

विद्यार्थी तथा कर्मचारीले आफ्नो क्षमता अनुसार रकम सङ्कलन गरी विपद्मा परेका नागरिकलाई सहयोग गर्ने प्रयास गरेको शिक्षक नारायण भण्डारीले जनाए । मानवीय सहयोगको भावना विकास गर्ने उद्देश्यले विद्यार्थीलाई राहत अभियानमा सहभागी गराइएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?