© 2026
दाङ ।
दाङको तुलसीपुरमा करेन्ट लागेर एकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाको माछापोखरी टोल निवासी २४ वर्षीय राजु घर्तीको करेन्ट लागेर मृत्यु भएको हो ।
शनिवार बिहान पौने १ बजेतिर घरबाट बिजुलीको तार प्रयोग गरि नजिकैको टिकरी सिचाई कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।