© 2026
बुटवल ।
गुल्मेली एकता समाज, सैनामैनाले रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।
समाजका अध्यक्ष फटिकबहादुर केसी लगायत कार्यसमितिको निर्णयअनुसार उक्त सहयोग रकम प्रदान गरिएको हो । बाढी तथा पहिरोबाट प्रभावित परिवारको पीडामा साथ दिँदै मानवीय सहयोग गर्ने उद्देश्यले रकम उपलब्ध गराइएको समाजले जनाएको छ ।
सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै गुल्मेली एकता समाज, सैनामैनाले विपद् तथा सामाजिक कार्यमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।
समाजले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।