© २०२३
बुटवल, २१ माघ ।
फोकस एडुकेसन प्रालि मणिग्राममा विभिन्न विश्व विद्यालयको प्रवेश परीक्षा तयारी कक्षा लिई सफल विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ । यसवर्ष यो संस्थामा तयारी कक्षा अध्ययन गरेका २५ जना विद्यार्थीले देशका विभिन्न विश्व विद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न सफल भएको सञ्चालक सुदिप न्यापानेले बताए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका आर्थिक अनुसन्धान केन्द्र नेपालका अध्यक्ष हुमराज भुसालले वर्तमान समयमा युवामा अध्ययन प्रति रुचि घट्दै गएको र यसले भविष्यमा देश विकासको गतिमा सुस्तता आउने संकेत देखिएकोले समाज रुपान्तरणको अभियानमा सार्थक योगदान पु¥याउने गरी विश्वविद्यालय शिक्षा प्राप्ति गर्नका लागि विद्यार्थीलाई अनुरोध गरे ।
कार्यक्रममा बोल्दै समाजसेवी हरि ज्ञवालीले विद्यार्थीमा सफलताका लागि अनुशासन र नैतिकता रहनु पर्ने भएकोले यी कुरामा ध्यान दिन अनुरोध गरे । बुटवलमा प्रधान कार्यालय रहेको यस संस्थाले विभिन्न प्राविधिक तथा सैद्धान्तिक विषयमा विश्व विद्यालयका प्रवेशका तयारी कक्षा चलाउनुका साथै विदेश पढ्न चाहनेहरुका लागि आवश्यक कक्षाहरु समेत सञ्चालन गर्दै आएको छ । संस्थाले रुपन्देहीमा सर्वसुलभ सेवा शुल्कमा पठनपाठन गराउँदै आएको र आगामी दिन देशका अन्य प्रदेशमा समेत सेवा बिस्तार गरिने जनाएको छ ।