ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा

सिद्धबाबा मन्दिर विकास समितिमा नयाँ नेतृत्व

२१ माघ २०७९, शनिबार
२१ माघ २०७९, शनिबार

बुटवल। २१ माघ ।

सिद्धबाबा मन्दिर विकास समिति तिनाउ ३ पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । समितिले शनिबार आयोजना गरेको सिद्धबाबा मन्दिर विकास समिति तिनाउ पाल्पाको बार्षिक साधारण सभा तथा समिति पुनर्गठन कार्यक्रमबाट सन्तोष कुमार शेरचनको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा अमर प्रधान, सचिवमा अरविन्द पाण्डे, सहसचिवमा दुर्गा थापा, कोषाध्यक्षमा कुमारी खड्का, सदस्यहरुमा लक्ष्मी प्रसाद बस्याल, तोया लम्साल, जगबहादुर क्षेत्री, दुर्गा थापा, रिमीसरा दर्लामी, कृष्ण पाण्डे, पदम गाहा, गोपाल बस्याल रहेका छन् ।

त्यस्तै पदेन सदस्यमा वडा नम्बर ३ का अध्यक्ष चित्रबहादुर थापा, मन्दिरका मूल पुरोहित नारायण घिमिरे रहेका छन् । पहिलो कार्यसमिति बैठकले थप दुईजना सदस्य थप गरिने नवनिर्वाचित अध्यक्ष शेरचनले जानकारी दिए ।

यसअघि कार्यक्रममा बोल्दै तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले सिद्धबाबा मन्दिर सबैको साझा सम्पत्ति भएको बताए । श्रेष्ठले मन्दिरको सबैमिलेर संरक्षण गर्नुपर्ने बताए । पछिल्लो समय मन्दिरको प्रचारप्रसार भएकाले भक्तजनको संख्यामा बृद्धि भएको उनले बताए । पालिकाको तर्फबाट सधै मन्दिरको संरक्षणमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले मन्दिरको विकासका लागि मन्दिरमा आउने ब्यक्तिहरुलाई यहाँ बास बसाल्ने गरी कार्ययोजना गराउन अनुरोध गरे । तिनाउ गाउँपालिकाका प्रवक्ता यादव प्रसाद अर्यालले २०५४ सालदेखि सिद्धबाबा मन्दिरसंग नजिक रहेको बताउँदै विभिन्न समस्या आउँछन् त्यस्ता समस्याहरु समाधान गर्दै अगाडि बढनु पर्नेमा जोड दिए ।

समितिका पुर्व अध्यक्ष महेन्द्र पाण्डेले सिद्धबाबाको महिमा बढाउन गरेको प्रयास सार्थक भएको बताए । कार्यक्रममा सिद्धबाबाको महिमा र गरिमा समेटिएको धार्मिक पर्यटकीय गन्तब्य सिद्ध्पुरुष भतृहरि तथा आदिमानव रामपिथेकस विशेषाङ्क पुस्तक सिद्धबाबा २०७९ विमोचन गरिएको छ ।

पुस्तकको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले विमोचन गरेका थिए । पुस्तकमा विभिन्न क्षेत्रका जानकार लेखकहरुले सिद्धबाबाको महिमा ऐतिहासिक महत्व आगामी योजना यो भन्दा अगाडि गरेका कार्यहरुका बोरमा लेखहरु समेटिएको छ ।

कार्यक्रममा आफ्नो कार्यकालमा गरेका कार्यहरु समेटिएको अध्यक्षको प्रतिवेदन अध्यक्ष दलबहादुर गुरुङले र आय ब्यय समेटिएको कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष दुर्गा बहादुर थापाले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्राध्यापक हुमाकान्त पाण्डेले यसको महिमा बढाउन सबैको उत्तिकै भूमिका रहने बताए । कार्यक्रममा नेकपा एमालेका तिनाउ गाउँपालिकाका प्रतिनिधि राम बहादुर थापा, माओवादी केन्द्रका तिनाउ गाउँपालिका प्रतिनिधि राजेश श्रेष्ठ, नेपाली कांग्रेस तिनाउ पालिकाका सभापति प्रेम पाण्डे लागायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा पुस ९ गते रेडियो मुक्ति बुटवलले आयोजना गरको फुटसल कार्यक्रममा दोस्रो हुन सफल तिनाउका महिला समुहलाईसल ओडाएर सम्मान गरिएको थियो । कार्यक्रम अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा भएको थियो भने उपाध्यक्ष सन्तोषकुमार शरेचन, सचिव अमर प्रधानलगायतले पनि बोलेका थिए ।

सिद्धबाबा पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार पाण्डे सम्मानित
सिद्धबाबा पत्रकारिता पुरस्कार २०७९ बाट रेडियो मुक्ति बुटवलका समाचार प्रमुख अस्मिना पाण्डे सम्मानित भएकी छन् । समितिले शनिबार आयोजना गरेको सिद्धबाबा मन्दिर विकास समिति तिनाउ पाल्पाको बार्षिक साधारण सभा तथा समिति पुनर्गठन कार्यक्रमको अवसर पारेर पाण्डेलाई तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लालबहादरु थापा र समितिका अध्यक्ष दलबहादुर गुरुङ्गले नगद सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।


पाण्डेले मन्दिरको प्रचार प्रसारमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको अध्यक्ष गुरुङ्गले बताए । पाण्डे रुपन्देहीमा रहेको रेडियो मुक्ति र लुम्बिनी सामुदायिक टेलिभिजनमा आवद्ध रहेर पत्रकारिता गर्दै आएकी छन् ।

पाण्डेले पछिल्लो समय सिद्धबाबाको प्रचार प्रसारमा टेवा पुर्याउने उद्देश्यले प्रत्येक साताको शनिबार बिहान साढे ६ बजेदेखि सात बजेसम्म रेडियो मुक्तिबाट प्रसारण हुँदै आएको कार्यक्रम सिद्धसन्देश उत्पादन गर्दे आइरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?