© 2026
रसुवा । भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएका १३३ जनाको शव रसुवाका विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको छ ।
रसुवाका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट १०४, स्याफ्रुबेँसी र रोङ्गा क्षेत्रबाट १८ तथा बेत्रावती क्षेत्रबाट ११ जनाको शव सङ्कलन गरिएको हो । गन्हाउन थालेपछि ती सबै शव हेलिकप्टरमार्फत नुवाकोटको विदुर लैजाने कार्य जारी रहेको उनले बताए ।
यसैबीच, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् गृहमा फसेका व्यक्तिको उद्धारमा कठिनाइ भएको छ । नेपाली सेनाको ६ नं बाहिनीका बाहिनीपति सहायक रथी प्रज्ज्वल राणाका अनुसार हिलो जमेका कारण सुरुङ खोल्ने अवस्था छैन ।
स्याफ्रुबेँसीस्थित २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार कार्य भने जारी रहेको नेपाली सेनाले जनाएको छ ।