Butwal Today

दैवी उद्धार कोषमा ७ अर्बभन्दा बढी जम्मा, १५ पालिकालाई बजेट निकासा : प्रधानमन्त्री

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् । भदौ १७ गते बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले विपद् व्यवस्थापनका लागि कोषको मौज्दात र निकासासम्बन्धी विवरण सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री शाहका अनुसार सरकारले विपद् व्यवस्थापन तथा राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।

प्राधिकरणलाई पठाइएको उक्त रकममध्ये हालसम्म विभिन्न १५ वटा पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको उनले बताए । विपद् प्रभावित क्षेत्रका स्थानीय तहमा सिधै बजेट पठाएर राहत तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिइएको उनको भनाइ छ ।

सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद्को यस समयमा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै नागरिकको जिउधनको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?