Butwal Today

प्राविधिक समस्याका कारण आय काउन्टर तथा अनलाइन सेवा बन्द

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

रोल्पा । नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रले सर्भरमा आएको प्राविधिक समस्याका कारण विद्युत् महसुल भुक्तानीलगायत अनलाइन सेवाहरू प्रभावित भएको जनाएको छ ।

प्राधिकरणको सर्भरमा देखिएको प्राविधिक समस्याका कारण ग्राहकलाई उपलब्ध गराइँदै आएका विद्युत् महसुल भुक्तानी सेवा तथा अनलाइन सेवासमेत सञ्चालन हुन नसकेको हो ।

रोल्पा वितरण केन्द्रका कार्यालय प्रमुख ईश्वार बहादुर विष्टले सर्भरमा आएको प्राविधिक समस्याका कारण आय काउन्टर तथा अनलाइन सेवासमेत तत्कालका लागि बन्द भएको जानकारी दिए । उनले प्राविधिक समस्या समाधानका लागि आवश्यक पहल भइरहेको र सेवा सुचारु भएपछि ग्राहकलाई यथाशीघ्र जानकारी गराइने बताए ।

उनका अनुसार सर्भरमा आएको समस्याका कारण विद्युत् महसुल भुक्तानी गर्न चाहने ग्राहक तथा अनलाइनमार्फत विभिन्न सेवा लिन खोज्ने सेवाग्राही प्रभावित भएका छन् । नियमित रूपमा विद्युत् महसुल बुझाउँदै आएका ग्राहकले काउन्टर तथा अनलाइन प्रणालीबाट भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएपछि सेवाग्राहीलाई असुविधा भएको उनले बताए ।

कार्यालय प्रमुख विष्टले समस्या समाधानका लागि सम्बन्धित प्राविधिक पक्षसँग समन्वय गरी आवश्यक काम भइरहेको जानकारी दिए । प्राविधिक समस्या समाधान भएपछि आय काउन्टर तथा अनलाइन सेवा पूर्ववत् रूपमा सञ्चालनमा ल्याइने उनले बताए । सेवा सञ्चालनमा आएलगत्तै ग्राहकलाई सार्वजनिक रूपमा जानकारी गराइने उनको भनाइ छ ।

उनले प्राविधिक समस्या कार्यालयको नियन्त्रणबाहिरको विषय भएकाले केही समयका लागि सेवा प्रभावित हुन पुगेको बताए । सेवा अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रले क्षमा मागेको पनि उनले जानकारी दिए ।

विद्युत् महसुल भुक्तानी तथा अन्य अनलाइन सेवा नियमित रूपमा प्रयोग गर्दै आएका सेवाग्राहीलाई सेवा सुचारु नहुँदासम्म आवश्यक धैर्य गर्न कार्यालयले आग्रह गरेको छ । प्राविधिक समस्या समाधान गरी सेवा छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन आफूहरू प्रयासरत रहेको कार्यालय प्रमुख विष्टले बताए ।

यसैबीच, सेवा अवरुद्ध भएको विषयमा ग्राहकवर्गमा अन्योल नहोस् भन्ने उद्देश्यले रोल्पा वितरण केन्द्रले सार्वजनिक सूचना जारी गर्दै अवस्थाबारे जानकारी गराएको छ ।

सूचनामा सर्भरमा आएको प्राविधिक समस्याका कारण विद्युत् महसुल भुक्तानी तथा अनलाइन सेवासमेत हाल सञ्चालनमा नरहेको उल्लेख गरिएको छ । समस्या समाधानका लागि आवश्यक पहल भइरहेको जनाउँदै सेवा सुचारु भएपछि यथाशीघ्र जानकारी गराइने कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख विष्टले विद्युत् सेवा तथा महसुल भुक्तानीसँग सम्बन्धित सेवा नियमित बनाउन कार्यालय गम्भीर रहेको बताए । प्राविधिक समस्या समाधान भएलगत्तै सेवा पूर्ववत् हुने र ग्राहकलाई परेको असुविधा हट्ने उनले बताए । साथै, सेवा बन्द रहेको अवधिमा ग्राहकलाई परेको असुविधाप्रति पुनः क्षमा माग्दै सहयोग र समझदारीका लागि उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?