Butwal Today

भोटेकोशी बाढी: १ हजार १२७ शव फेला, ४ हजार ८५८ अझै बेपत्ता

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ । बुधबार बिहान ८ बजेसम्मको तथ्याङ्कअनुसार बाढीमा परेका १ हजार १२७ जनाको शव फेला परेको छ ।

फेला परेका शवमध्ये ३१ जना बालक, ४५ जना बालिका, २२७ जना महिला र ३९७ जना पुरुष रहेका छन् । यस्तै, ४२७ वटा मानव शरीरका आंशिक अङ्गसमेत फेला परेको प्रहरीले जनाएको छ ।

फेला परेका शवमध्ये १ हजार ११३ वटा शवको लास जाँच मुचुल्का सम्पन्न भइसकेको छ भने ९५ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ । हालसम्म ९११ जनाको पहिचान खुल्न सकेको छैन ।

बाढीमा परेर बेपत्ता हुनेको सङ्ख्या पनि ठुलो रहेको छ । प्रहरीका अनुसार कुल ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन् । यसबाहेक १ हजार ३५० जनाका सम्बन्धमा फोनमार्फत बेपत्ता भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?