Butwal Today

अवरुद्ध कालीगण्डकी कोरिडोर सडक सञ्चालनमा

१६ भाद्र २०८३, मंगलवार
अ+
अ-

गुल्मी । अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी कोरिडोर सडक खण्ड सञ्चालनमा आएको छ ।

मंगलबार बिहान आएको पहिरोका कारण कालीगण्डकी कोरिडोर सडक खण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

सडक निर्माण कम्पनी, स्थानीय पालिका र सुरक्षाकर्मीको समन्वयमा मंगलबार दिनभर डोजर प्रयोग गरी पहिरो पन्छाएसँगै उक्त सडकखण्डमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् ।

कालीगण्डकी कोरिडोर सडक अवरुद्ध भएपछि प्रहरी चौकी पुर्तीघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा उक्त क्षेत्रमा बिहानैदेखि प्रहरी टोली परिचालन गरिएको थियो ।

सडक सञ्चालनमा आएसँगै बिहानदेखि पूर्तिघाट र रुद्रवेणी क्षेत्रमा रोकिएका सम्पूर्ण सवारी साधनहरू आआफ्नो गन्तव्यतिर लागिसकेको प्रहरीले जनाएको छ । उक्त कालीगण्डकी कोरिडोर सडक जिल्लाको प्रमुख सडक सञ्जाल अन्तर्गत पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?