© 2026
चन्द्रौटा । पूर्व मन्त्री अर्जुन कुमार केसीले वन जोगाउने र लाभ लिनेबिच सन्तुलन हुनुपर्ने उनले बताएका छन् ।
कपिलवस्तुको शिवराज-५, स्थित शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभालाई सम्बोधन गर्दै मंगलबार उनले यस्तो बताए ।
वन स्रोतको दिगो व्यवस्थापन गर्दै उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए । वन संरक्षणसँगै वनबाट प्राप्त हुने लाभ समुदायको हितमा उपयोग हुनुपर्ने उनले बताए । संरक्षणबाट समुदायको जीवनस्तर सुधार हुने गरी योजना बनाउन आवश्यक रहेको केसीले जनाए ।
यस्तै डिभिजन वन कार्यालय गौतमबुद्धका प्रमुख गणेशबहादुर खड्काले वन संरक्षण तथा व्यवस्थापनका विषयमा धारणा व्यक्त गरे । वन क्षेत्रको अतिक्रमण, चोरी(तस्करी तथा अवैध दोहन नियन्त्रण गर्दै वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोडदिए । वनबाट प्राप्त आम्दानीलाई पारदर्शी रूपमा सामाजिक विकास, पूर्वाधार र उपभोक्ताको हितमा लगानी गर्नुपर्ने खड्काले बताए ।
यसै गरी शिवराज नगरपालिका(५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले उपभोक्ताको आवश्यकतालाई आधार बनाएर काठ वितरण गर्नुपर्ने बताए । प्रतिवेदनमा चालु वर्ष ८ सय ४६ वटा रुख कटान गर्ने उल्लेख छ ।
वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै साधारणसभाले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ जम्मा गर्ने निर्णय समेत गरेको अध्यक्ष हरि पोखरेलले जनाए ।