© 2026
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार गरेर महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा ल्याइएकामध्ये २७ जनाको उपचार भइरहेको छ ।
अस्पतालका प्रवक्ता डा। गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ६७ बिरामीमध्ये २७ जनाको उपचार भइरहेको जानकारी दिए । उपचार भइरहेका बिरामीमध्ये तीन जनाको सघन उपचार कक्ष (आइसियू) र दुई जनाको हाइकेयर (विशेष निगरानी) मा राखेर उपचार भइरहेको छ ।
अस्पतालमा ल्याइएकामध्ये एक घाइतेको उपचारका क्रममा मृत्यु भएको जनाउँदै डा सेढाईंले मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेको उल्लेख गरे । उनका अनुसार हालसम्म अस्पतालमा ल्याइएका बिरामीमध्ये ३९ जना डिस्चार्ज भइसकेका छन् ।