© २०२३
पश्चिम नवलपरासी, २० माघ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिति बढाउन हाजिरीको आधारमा विद्यार्थिलाई नगद छात्रवृत्ति वितरण गर्न सुरु गरेको छ । बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत नगरभित्रका सबै विद्यालयका बालबालिकालाई उपस्थितीको आधारमा दैनिक दश रुपैयाँका दरले नगद प्रदान गरिएको छ ।
सानो कक्षाबाटै विद्यार्थी विद्यालयमा अनुपस्थित हँुदा बालबालिकाको सिकाईमा असर परेको र शिक्षक अभिभावकबीच पनि दुरी बढेकाले यस्तो कार्यक्रम सुरु गरिएको नगर प्रमुख यादवले बताए । रामग्रामका सामुदायिक विद्यालयमा विद्यार्थि दैनिक कक्षामा हाजिर नहुने समस्या रहेको छ । कतिपय बालबालिका पाँच महिनामा १९ दिन मात्र विद्यालय आएको पाईएको छ ।
नगरपालिकाले यस कार्यक्रमलाई थप व्यापक बनाएर आगामी दिनमा शतप्रतिशत विद्यार्थी उपस्थित गराउने योजना बनाएको नगर प्रमुख यादवले बताए । गरिव विपन्न वर्गका बालबालिका अध्ययन गर्ने सामुदायिक विद्यालयको शैक्षिक सुधार आफ्नो मुख्य प्राथमिकता रहेको बताउँदै उनले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन अभिभावकहरु पनि जिम्मेवार बन्नुपर्ने बताए । आफ्ना बालबालिकाका पढ्ने विद्यालयको अवस्था, शिक्षकको उपस्थितिका विषयमा अभिभावकले चासो दिए शैक्षिक सुधार गर्न सकिने उनको भनाई छ । नगरपालिकाले अब बालबालिकाको क्षमता विकास गर्न सबै मावि स्तरका विद्यालयमा अतिरिक्त क्रियाकलाप सम्बन्धी अध्ययन गराउन एक एक जना शिक्षक नियुक्त गर्न लागेपनि नगर प्रमुख यादवले जानकारी दिए ।
सो क्रममा वडा नम्बर १५ का वडा अध्यक्ष धनपत यादवले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउनुपर्ने बताउदै यसका लागी सबै तनमनले लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा नगर शिक्षा अधिकारी रुद्र प्रसाद रेग्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ब्रह्रमदेव सिंह, प्रधानअध्यापक चन्द्रमणी लम्साल लगायतले बोलेका थिए । सो विद्यालयमा आजै कक्षा पाँच सम्मका बालबालिकालाई पाँच महिनाको उपस्थितिको आधारमा नगद प्रदान गरिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यो कार्यक्रम समावेश गरेर लागु गरेको हो ।
रामग्राम नगर भित्र १० ओटा मावि सहित कुल ३२ वटा सामुदायिक विद्यालय रहेका छन् । ति विद्यालयमा बालविकासका एक हजार १ सय ४६ सहित कक्षा ५ सम्म ४ हजार ६ सय ८९ विद्यार्थी अध्ययनरत रहेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी