Butwal Today

सन्धिखर्क नगर विपद् कोषबाट ५ लाख ५५ हजार ५५५ र जनप्रतिनिधिले ३ लाख बढी सहयोग गर्ने

१५ भाद्र २०८३, सोमबार
अ+
अ-

अर्घाखाँची । रसुवालगायतका जिल्लामा आएको बाढीपहिरो तथा विपद्का कारण ठूलो जनधनको क्षति भएपछि अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट रु। ५ लाख ५५ हजार ५५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

जनप्रतिनिधिले पनि सेवा–सुविधाको रकमबाट सहयोग गर्ने सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधिहरूले समेत आफ्नो सेवा–सुविधाबाट रकम कट्टा गरी विपद् प्रभावितका लागि सहयोग गर्ने निर्णय गरेका छन्।

निर्णयअनुसार नगरपालिकाका नगर प्रमुखले रु। २१ हजार, नगर उपप्रमुखले रु। १५ हजार, प्रत्येक वडा अध्यक्षले रु। १२ हजार, कार्यपालिका सदस्यले रु ७ हजार र वडा सदस्यले रु। २ हजार का दरले प्राप्त गर्ने सेवा–सुविधाको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरिएको छ।

नगरपालिकाको निर्णयमा विपद्का कारण प्रभावित तथा पीडित परिवारलाई राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सम्पूर्ण जनप्रतिनिधिका तर्फबाट उक्त रकम उपलब्ध गराउने उल्लेख छ।

नगरपालिकाको बैठकले विपद्का कारण तटीय क्षेत्रमा भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, विपद्बाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत, स्वास्थ्य उपचार तथा पुनःस्थापनामा आवश्यक सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?