Butwal Today

भोटेकोशी बाढीपीडितलाई बुटवलका मुस्लिम समुदायको ५ लाख बढी सहयोग

१५ भाद्र २०८३, सोमबार
अ+
अ-

बुटवल । बुटवलको मदिना मदरसा मस्जिद प्रबन्ध परिषद् तथा स्थानीय मुस्लिम समुदायले भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन् ।

भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा हिमपहिरो तथा बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएका पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मुस्लिम समुदायका तर्फबाट ५ लाख २१ हजार ७ सय ८६ रुपैयाँ सहयोग प्रदान गरिएको हो ।

विगतका दिनमा पनि देशमा आइपर्ने विभिन्न प्राकृतिक विपत्तिका समयमा बुटवलको मुस्लिम समुदायले अग्रसरता देखाउँदै मानवीय सहायता गर्दै आएको छ । राष्ट्रिय संकटको यस दुःखद् घडीमा भोटेकोशीका बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको मस्जिद प्रबन्ध परिषद्ले जनाएको छ ।

परिषद्ले विपद्को यस कठिन समयमा पीडित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?