Butwal Today

सर्पको जोखिममा प्रहरीको खबरदारी

१५ भाद्र २०८३, सोमबार
अ+
अ-

चन्द्रौटा । सर्पदंशबाट बच्ने उपायबारे सर्वसाधारण नागरिकलाई प्रहरीले सचेतना गराएको छ ।

कपिलवस्तुको अस्थायी प्रहरी पोष्ट खडैचाले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीयलाई सचेतना गराएको हो । सोमबार विजयनगरका बगहिया र जर्लैयाका गाउँका स्थानीयलाई सचेतना गरिएको हो ।

अस्थायी प्रहरी पोस्ट खडैचाका सहायक प्रहरी निरीक्षक लबरू चौधरीले सर्प दंशका घटना हुन नदिन घरआँगन तथा वरपरको वातावरण सफा राख्न आग्रह गरे । प्वाल टाल्ने, झूल प्रयोग र रातिको समयमा हिँडडुल गर्दा विशेष सावधानी अपनाउनुपर्ने उनले बताए ।

सर्पदंशबाट बच्ने उपाय, सर्पले टोकेपछि अपनाउनुपर्ने प्राथमिक सावधानी तथा तत्काल स्वास्थ्य संस्थामा पु¥याउनुपर्ने विषयमा प्रस्तुति गरिएको थियो । सर्पदंशको उपचारका नाममा गरिने धामी झाँक्रीबाट झारफुक जस्ता गलत अभ्यासबाट जोगिन पनि स्थानीयलाई आग्रह गरिएको छ ।

विद्यार्थी र सर्वसाधारण जनतालाई प्रहरीलेले सचेतना गराउँदै आएको निरीक्षक चौधरीले जनाए । प्रहरीले समुदायमा हुन सक्ने विभिन्न जोखिमबारे नागरिकलाई सचेत गराउँदै समुदाय–प्रहरीबिचको सहकार्यलाई थप प्रभावकारी बनाउन टेवा पुगेको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?