Butwal Today

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

१४ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजर नुवाकोटको बट्टार पुर्‍याएको छ ।

नेपाली सेनाका अनुसार ती उपकरणलाई खण्ड–खण्ड (डिसमेन्टल) पारेर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको हो ।

बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको सेनाले जनाएको छ । सेनाका अनुसार गएराति भीषण बाढी आएको भए पनि उद्धार प्रयास निरन्तर जारी छ ।

अबको केही समयमै सुरुङको प्रवेशद्वार (टनेल इन्ट्री) खोल्ने ‘ब्रेक–थ्रु’ काम सम्पन्न हुने सेनाले जनाएको छ । त्यसपछि मात्रै फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?