© 2026
काठमाडौं । बाढीका कारण काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो । धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) का अनुसार त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडक अवरुद्ध भएको हो । बाढीले कटान गरेपछि सडक केही भासिएको छ ।
आज बिहान केही समय अवरुद्ध भएर खुलेको सडक केही समयमै पुनः पूर्णरूपमा बन्द भएको हो । सडक बन्द भएपछि यात्रु तथा सवारीसाधन बाटोमै अलपत्र परेका छन् ।