© 2026
काठमाडौँ । रसुवामा आएको बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ६२६ पुगेको छ । नेपाल प्रहरीले शनिबार दिउँसो २ः५० बजे सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६२६ पुगेको हो ।
प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४ र नवलपरासी पूर्वमा १५८ जनाको शव फेला परेको छ । त्यस्तै, नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसोसम्म विभिन्न स्थानबाट २ हजार ३०१ जनाको उद्धार गरिएको छ । जसअनुसार रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जनाको उद्धार गरिएको हो ।
प्रहरीको पछिल्लो सूचनाअनुसार काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचार गराई डिस्चार्ज भएका तथा उपचाररत घाइतेको सङ्ख्या १४० रहेको छ ।