Butwal Today

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट २ विज्ञ टोली नेपाल आउँदै

१३ भाद्र २०८३, शनिबार
अ+
अ-

काठमाडौँ । चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुई वटा टोली नेपाल आउने भएका छन् ।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य जारी रहेका बेला चिनियाँ विज्ञहरूको टोली नेपाल आउन लागेको हो ।

बाढीका कारण कतिपय विद्युत् आयोजनाका सुरुङमा मानिसहरू फसेका छन् । उनीहरूको उद्धार हुन बाँकी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि उत्खनन कार्य जारी छ । अहिलेसम्म २० फिटभन्दा बढी उत्खनन भइसकेको कार्यालयले जनाएको छ ।

उत्खननको प्रगति राम्रो रहेको र दिउँसो २ बजेसम्म सुरुङको मुखसम्म पुग्ने अनुमान गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ यसैगरी, बाढीका कारण पुरिएका वा बगाएका अन्य जलविद्युत् आयोजनाका क्षेत्रमा पनि उद्धार कार्य जारी रहेको छ ।

यही अवस्थालाई मध्यनजर गर्दै सुरुङ उद्धारमा विशेषज्ञता हासिल गरेका दुई वटा चिनियाँ टोली नेपाल आउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?