Butwal Today

भोटेकोशी बाढीका ७ घाइतेको आइसीयुमा उपचार

१३ भाद्र २०८३, शनिबार
अ+
अ-

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भोटेकोशी बाढीमा परी घाइते भएका ७ जनाको आईसीयुमा राखेर उपचार भइरहेको छ ।

अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंका अनुसार अस्पतालमा उपचाररत २९ जनामध्ये ७ जनाको आईसीयुमा उपचार भइरहेको छ । उपचाररत ६ जनालाई डिस्चार्ज गरिएको तथा एक जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

अस्पतालका अनुसार आईसीयुमा उपचाररतमा अशोक श्रेष्ठ, बालबहादुर घर्ती, मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट र महेश्वर शाह रहेका छन् ।

त्यस्तै, उपचारपछि डिस्चार्ज हुनेमा गिरीलाल बुढाथोकी, कर्मा योन्जन नगरकोटी, निम दोर्जे शेर्पा, रुपक रोका, सुजन बस्नेत र सुशान्त श्रेष्ठ रहेका छन् । उपचारका क्रममा २५ वर्षीय कुशल मगरको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अन्य घाइतेको अर्थोपेडिक, ईएनटी तथा अब्जरभेसन वार्डमा राखेर उपचार भइरहेको प्रवक्ता डा सेढाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?