© 2026
काठमाडौँ । देशका विभिन्न भागमा शनिबार बिहानैदेखि वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागले बिहान ४ः४० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विगत एक घण्टामा सिन्धुपाल्चोकको दुवाचौर मौसम मापन केन्द्रमा सबैभन्दा धेरै १९।६ मिलिमिटर वर्षा मापन गरिएको छ ।
हाल कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्र तथा आसपासका भूभागमा थप वर्षा हुने सम्भावना रहेको छ ।
वर्षा भइरहेको क्षेत्रहरूमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विभागले आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।