© 2026
काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका घाइतेको उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा आउनेको सङ्ख्या ४८ पुगेको छ ।
अस्पतालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार शुक्रबार दिउँसो ४ बजेसम्म बाढीबाट प्रभावित ४८ जना अस्पतालमा पुगेका छन् । तीमध्ये २७ जना उपचाररत छन् ।
उपचाररत बिरामीमध्ये २१ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उपचाररत बिरामीमध्ये ६ जना आइसियुमा र एक जना भेन्टिलेटरमा रहेका छन् ।
हाल अस्पतालमा ५ वर्षका बालकदेखि ५० वर्ष उमेर समूहका घाइतेको उपचार भइरहेको छ ।
