Butwal Today

सहसचिव इन्दु घिमिरे सचिवमा बढुवा

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । सरकारले सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

सचिव बढुवा सिफारिस समितिले घिमिरेलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो । समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिवमा बढुवा हुनुअघि घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत थिइन् । यसअघि रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएपछि रिक्त रहेको सचिव पदमा घिमिरेलाई पदस्थापन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?