© 2026
काठमाडौँ । बुधबार भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित ३ हजार २५३ जनाको उद्धार गरिएको सरकारले जनाएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बाढी प्रभावित ३ हजार २५३ जनाको उद्धार गरिएको जानकारी दिए ।
उद्धारका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको सरकारले जनाएको छ । त्यस्तै, चार वटा हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य आवश्यक सामग्री पठाइएको छ ।
मन्त्री पोखरेलले विपद्का बेला सरकारको प्राथमिकता उद्धार कार्य रहेको जानकारी दिए ।