Butwal Today

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गरिने

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘भदौ १० गते नेपाल–चीन सीमा एवं भोटेकोशी नदीमा आएको विपद्का प्रभावितका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?