Butwal Today

ताल फुटेर आएको बाढी स्याफ्रुबेसीमा आइपुग्यो, सुरक्षित स्थानमा रहन आग्रह

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको सङ्गम छेउमा बनेको ठुलो ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसीमा आइपुगेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीको बाढी स्याफ्रुबेसीमा आइपुगेको हो ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?