Butwal Today

रसुवा बाढीमा मृत्यु हुनेको सङ्ख्या ४ सय ७५ पुग्यो

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४७५ पुगेको छ । शुक्रबार बिहानसम्म ४७५ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा २७ र चितवनमा १७९ जनाको शव फेला परेको छ । त्यस्तै, गोरखामा ४४, तनहुँमा २८ र नवलपरासी पूर्वमा ११० जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारका लागि तीन वटै सुरक्षा निकायबाट ठुलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?