काठमाडौँ । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परी मृत्यु भएका व्यक्तिको शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ परेका छन् ।
शवबाट कानको मुन्द्रा निकालिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो । घटनामा संलग्न व्यक्तिको पहिचान गरी जिल्ला प्रहरी कार्यालय चितवनले दुई जनालाई पक्राउ गरेको हो ।
चितवन प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल चितवनमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवनमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी छन् ।
पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।