Butwal Today

भोटेकोसी बाढी: सिन्धुपाल्चोकबाट २२४ सम्पर्कविहीन

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

सिन्धुपाल्चोक ।  भोटेकोसीमा आएको बाढीपछि सिन्धुपाल्चोकका २२४ व्यक्ति सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भोटेकोसी गाउँपालिकाका ६५, बाह्रबिसे नगरपालिकाका ५९ र बलेफी गाउँपालिकाका २९ जना सम्पर्कविहीन भएको जानकारी दिए ।

त्यसैगरी, जुगलका १६, चौतारा साँगाचोकगढी नगरपालिकाका १४, मेलम्ची नगरपालिकाका १४, सुनकोशी गाउँपालिकाका १४, त्रिपुरासुन्दरी गाउँपालिकाका पाँच, हेलम्बु गाउँपालिकाका चार र लिसङ्खुपाखर गाउँपालिकाका तीन जना पनि सम्पर्कविहीन भएका छन् ।

सिन्धुपाल्चोकबाट कैलाश मानसरोवर जाने विदेशीका गाइड, भरिया, व्यापारी, गोसाईंकुण्ड गएका तीर्थयात्री, हाइड्रोपावरमा काम गर्ने जनशक्ति र रसुवा भन्सार कार्यालय आसपास व्यापारिक काम गर्ने नागरिक सम्पर्कविहीन भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?